आज आईपीएलमा दिल्ली र चेन्नाई खेल्दै : सन्दीप लामिछाने नखेल्ने सम्भावना

Spread the love

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ । चेन्नाईको तेस्रो खेल हो भने दिल्लीले दोस्रो खेल खेल्दै छ ।

आजको खेलमा चेन्नाईका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो ब्याटिङ अर्डर माथि ल्याउने अपेक्षा गरिएको छ । राजस्थान रोयल्ससँग चेन्नाई पराजित भएकाले आज केही परिवर्तन देखिने सम्भावना रहेको छ । राजस्थानविरुद्ध सातौं नम्बरमा क्रिजमा आउने रणनीति असफल भएको थियो । पहिलो खेल सुपर ओभरमा जितेको दिल्लीको आत्मविश्वास भने बलियो रहेको छ । तर रविचन्द्र आश्विन घाइते हुने दिल्लीका लागि चिन्ताको विषयमा हो । उनको ठाउँमा परिवर्तन गर्ने योजनामा दिल्ली रहेको छ । आश्विनको ठाउँमा अमित मिश्राले स्थान पाउने अनुमान गरिएको छ । यस्तोमा फेरि एक पटक नेपालका सन्दीप लामिछाने बेन्चमै बस्नुपर्ने हुन सक्छ ।

तर रविचन्द्र आश्विन घाइते हुने दिल्लीका लागि चिन्ताको विषयमा हो । उनको ठाउँमा परिवर्तन गर्ने योजनामा दिल्ली रहेको छ । आश्विनको ठाउँमा अमित मिश्राले स्थान पाउने अनुमान गरिएको छ । यस्तोमा फेरि एक पटक नेपालका सन्दीप लामिछाने बेन्चमै बस्नुपर्ने हुन सक्छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *