इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ४४ रनले हरायो । जितसँगै दिल्ली लिगकाे शिर्ष स्थानमा उक्लिएकाे छ । यता चेन्नेईकाे प्रतियाेगितामा लगातार दाेस्राे हार हाे ।
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन बनायो । बलियाे सुरुवात गरेकाे दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए । टिमको स्कोर १०३ रन पुग्दा पृथ्वी पनि व्यक्तिगत अर्धशतकीय पारि खेलेर पभेलिन फर्किए ।
पृथ्वी शाले ४३ बलमा ६४ रन प्रहार गरे । त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐय्यरले पारि अघि बढाएका थिए । यी दुई खेलाडीका बीचमा ५८ रनको साझेदारी भएको थियो । तर उनीहरुविचकाे साझेदारी त्यति आक्रामक हुन सकेन ।
टिमको स्कोर १६१ रन हुँदा ऐयर २६ रन बनाएर आउट भए । अन्तिमसम्म क्रिजमा रहेका ऋषभ पन्तले नटआउट ३७ रन बनाए । अघिल्लाे खेलमा आक्रामक पारी खेलेका मार्कस स्टोनिस ५ रनमा नटआउट रहे । चेन्नाईका पिउस चावलाले २ विकेट लिए ।
जवाफमा चेन्नेईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रनमा राेकियाे । मध्यम सुरुवात गरेको चेन्नेईले ३५ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर सेन वाट्सन १४ रनमा आउट भए । त्यसपछि ३४ रनमा चेन्नेईले दोस्रो विकेट गुमायो ।
उसका अर्का ओपनर मुरली विजय १० रनमा पेभेलियन फर्किए । ४४ रनमा तेस्रो विकेट गुमाएको चेन्नेईले ९८ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि एक सय १३ रनमा चेन्नेईले पाँच विकेट गुमायो ।
अघिल्लो खेलमा अर्धशतक बनाएका फाप डुप्लिसिसले ४३ रन बनाए । तर रुतुराज मात्र पाँच रनमा आउट भए । त्यसपछि केदार जादनले २५ रन बनाउँदै आउट भए । टिमका कप्तान महेन्द्र सिंह धोनी १५ रनमा आउट भए ।
अन्तत चेन्नेई एक सय ३१ रनमा राेकियाे । दिल्लीका लागि कागिसाे राबाडाले तीन विकेट लिए ।