गृहमन्त्री रामबहादुर थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

Spread the love

दार्चुला  ।

ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन थालेकोले सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको हो ।

भारतद्वारा अतिक्रमण गरेको भूगोल नजिक सरकारले सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ । गत वैशाखमा सशस्त्र प्रहरीकै बीओपी स्थापना भएपछि पछिल्लो समय नेपालले आफ्नो सीमा क्षेत्रमा सुरक्षा उपस्थिति देखाउन थालेको छ ।

भारतले एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपालले ब्यासमा सशस्त्र प्रहरीको उपस्थिति गराएको हो । गुल्मको शिलान्यासका लागि गृहमन्त्री थापा हेलिकप्टरमार्फत पुगेका हुन् । गृहमन्त्री थापासँगै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेललगायत सहभागी छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *