काठमाडौँ ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ३० लाख बढी पुगेको छ ।
एकै दिन दुई लाख ८८ हजार ९८ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या तीन करोड ३० लाख ४० हजार पाँच सय १५ पुगेको हो । कोरोनाका कारण हालसम्म नौ लाख ९८ हजार एक सय ६४ जनाले ज्यान गुमाइसकेका छन् । २४ घण्टाभित्रमा पाँच हजार एक सय ८५ जनाको मृत्यु भयो ।
संक्रमितमध्ये दुई करोड ४३ लाख ८९ हजार छ सय ४० जना उपचारपछि घर फर्किएका छन् । ७६ लाख ५२ हजार सात सय ११ जना उपचाररत रहेकोमा ६५ हजार तीन सय ७१ जनाको अवस्था गम्भीर छ ।
विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या ७२ लाख ८७ हजार चार सय २२ पुगेको छ । एकै दिन ४३ हजार ६७ जना नयाँ बिरामी थपिए । दुई लाख नौ हजार एक सय ७४ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा सात सय ३४ को मृत्यु भयो ।
४५ लाख १९ हजार तीन सय ५१ संक्रमित कोरोना जित्दै घर फर्किएका छन् । २५ लाख ५८ हजार आठ सय ९७ जना उपचाररत रहेकोमा १४ हजार ९६ जनाको स्वास्थ्य अवस्था खराब छ ।
भारतमा संक्रमित संख्या ५९ लाख ९० हजार पाँच सय १३ पुगेको छ । एक दिनमा ८८ हजार नौ सय ४२ नयाँ सक्रमित थपिए । ९४ हजार पाँच सय ३३ जना संक्रमितको मृत्यु भइसक्यो । २४ घण्टाभित्रमा एक हजार एक सय २३ जनाले ज्यान गुमाए ।
४९ लाख ३८ हजार छ सय ४१ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । नौ लाख ५७ हजार तीन सय ३९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
ब्राजिलमा संक्रमित संख्या ४७ लाख १८ हजार एक सय १५ पुगेको छ । एक लाख ४१ हजार चार सय ४१ संक्रमितको ज्यान गइसकेको छ । एक दिनमा सात सय ३२ जना संक्रमितको मृत्यु भयो ।
४० लाख ५० हजार आठ सय ३७ जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख २५ हजार आठ सय ३७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।