काठमाडौं । आज विश्व पर्यटन दिवस हो । पर्यटन मजदूरहरुले आज नेपाल पर्यटन बोर्ड घेराउ गरेका छन् । कोरोना महामारीलाई मध्येनजर गरेर सरकारले लामो समय लकडाउन लगाउँदा पर्यटन मजदुरहरु बेरोजगार भएका छन् । पर्यटन मजदुर संघर्ष समिति, काठमाडौंको अगुवाईमा आज प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराई र पर्यटन बोर्डका सिईओ डा. धनञ्जय रेग्मीको राजीनामा मागेका थिए ।उनीहरुले बोकेका ब्यानरमा ‘निड मनी फर माई फ्याम्ली’, प्रोटेक्ट टुरिजम वर्कर्स, जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’ जस्ता नारा लेखिएका थिए ।
