काठमाडौँ ।
स्पेनीस ला लिगामा एथ्लेटिक क्लवले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा एथ्लेटिकले इबारलाई प्रतिस्पर्धात्मक रुपमा दुई एकले हरायो ।
इबारको घरेलु मैदानमा भएको खेलमा पाहुना टिम एथ्लेटिकको जितमा यनाई लोपेजले दुई गोल गरे ।
खेलको ४० औं मिनेटमा अनाइ लोपेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एथ्लेटिकले ४८ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि कीकीले गोल गरे ।
तर खेलको ८७ औं मिनेटमा कापाको पासमा लोपेजले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गरे । जसका कारण एथ्लेटिकको तीन अंक जोड्न सफल भयो ।
जारी सिजनमा एथ्लेटिकको दुई खेलमा तीन अंक भएको छ । इबारको तीन खेलमा एक अंक छ ।