मुम्बईविरुद्ध बेंग्लाेर सुपर ओभरमा विजयी

Spread the love

विराट कोहली टिमको रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सविरुद्ध सुपर ओभरमा विजयी भएको छ । गएराति भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स २०१ रनमै रोकिएपछि खेलको नतिजा सुपर ओभरबाट निकालिएको हो । बेंग्लोरको यो दोस्रो जित पनि हो ।

बेंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

 

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनाएको थियो भने उक्त लक्ष्य बेंग्लोरले बिना विकेटको क्षति पुरा गरेको थियो
त्यसअघि मुम्बईका लागि इशान किशनले ९९ रनको इनिङ खेले पनि टोलीलाई जित भने दिलाउन असफल रहे । केइरन पोलार्डले नट आउट ६० रन बनाए ।

मुम्बइका हार्दिक पाण्ड्या र क्विन्टन डी कक १४–१४ रनमा आउट हुँदा कप्तान रोहित शर्मा ८ रनमा पभेलियन फर्किए ।
बेंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको हो ।

पहिलो विकेटका लागि देबदत्त पडिकेल र आरोन फिन्चले ८१ रनको साझेदारी गर्दै बलियो शुरुवात गरेका थिए ।
फिन्च अर्धशतकीय पारि खेल्दै आउट भए । ५२ रन बनाएका फिन्चले ३५ बल फेस गर्दा ७ चौका र एक छक्का प्रहार गरे । उनलाई ट्रेन्ट बोल्टले किरोन पोलार्डको हातबाट क्याच आउट गराएका हुन् ।

त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहलीले भने विर्सनलायक प्रदर्शन गरे । ११ बल फेस गरेका कोहली जम्मा व्यक्तिगत तीन रन बनाएर आउट भए ।
उनलाई राहुल चहारले रोहित शर्माको हातबाट आउट गराए । कोहली आउट हुँदा १२.२ ओभरमा बेंग्लोरले २ विकेट गुमाएर ९२ रन बनाएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *