काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने ७३१ जना डिस्चार्ज भएका छन् ।
योसँगै कोरोना संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ । जसमध्ये ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् ।
क्वारेन्टिनमा ५ हजार ७७८ जना रहेका छन् । २० हजार ३९६ सक्रिय संक्रमितको उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गाैतमका अनुसार पछिल्लाे २४ घण्टामा थप १० जना संक्रमितकाे मृत्यु भएकाे छ ।