असोज १९ देखि तातोपानी नाका खोल्ने निर्णय

Spread the love

काठमाडौं ।

चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)उमेश ढकालले असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको बताए । उनका अनुसार सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा आउने छ । दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढकालसहितका अधिकारीहरु सहभागी थिए ।

लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको थियो । व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए ।  तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ‘क्यानोन कु’ ताल विष्फोटन हुन लागेकोले त्यसको पानीको सहत घटाउने भन्दै नाका बन्द गरिएको थियो । यहीबीचमा कोरोनाभाइरसको संक्रमण समेत बढेपछि नाका बन्द हुँदै आएको थियो ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *