इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भयो । जारी लिगमा हैदरावादकाे पहिलाे जित हाे ।
आबुधावीमा टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्सले निर्धारीत २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रन बनायो । बलियो सुरुवात गरेको हैदरावादले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको थियो । उसका डेविड वार्नरले ४५ रन बनाए ।
त्यसपछि मनिश पाण्डेले तीन रनमा आउट भएपछि हैदरावादले ९२ रनमा दोस्रो विकेट गुमायो । एक सय चार रन बनाउँदा चार विकेट गुमाएको हैदरावादका लागि जोनी ब्रेस्टोले अर्धशतकिय पारी खेले । उनले ४८ बलमा ५३ रन बनाए ।
यस्तै केन विलियम्सनले ४१ तथा अब्दुल सामदले १२ रन बनाए । बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो राबाडाले दुई दुई विकेट लिए ।
त्यसपछि श्रेयस ऐयर १७ रनमा आउट भएपछि दिल्लीले ४२ रनमा दोस्रो विकेट गुमायो । उसको मिडिल अडरका खेलाडीमा राम्रो साझेदारी हुन सकेन । ६२ रन हुँदा तेस्रो विकेट गुमाएको दिल्लीले एक सय चार रनमा चौथो र एक सय १७ रनमा पाँचौ विकेट खेर फाल्यो ।
दिल्लीका लागि शिखर धवनले ३४ रन बनाए भने सिमरन हिटमेयरले २१ रन बनाए । यस्तै रिसव पन्तले ३२ रन बनाए ।
यस्तै मार्कुस स्टोइनसले मात्र ११ रन बनाए । बलिङमा रासिद खानले तीन विकेट लिए ।