काठमाडौं ।
नेपालमा गैरकानुनी मानिएको नेटवर्किङ (सञ्जालयुक्त) र क्रिप्टोकरेन्सी (बिटक्वाइन, ‘पाई’ जस्ता डिजिटल मुद्रा) कारोबार गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग मागेको छ । त्यस्ता गतिविधिमा संलग्न करिब २ दर्जन कम्पनी र ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरमा ल्याउन सहयोग माग्दै विभागले सीआईबीलाई पत्र लेखेको हो ।
विभागले अनुमति नलिइ प्रत्यक्ष वस्तु बिक्री गरेको, प्रत्यक्ष वस्तु बिक्रीको नाममा नेटवर्किङ धन्दा गरेको, यसअघि नेटवर्किङ धन्दामार्फत् ठगी गर्ने फेरि वस्तुको प्रत्यक्ष बिक्रीको नाममा ठगी गर्न सक्रिय रहेको, विविध प्रकारका डिजिटल मुद्रा कारोबार गरेको भन्ने गुनासो विभागमा आएपछि उनीहरुलाई पक्राउ गर्न पत्र लेखेको जानकारी दिएको छ ।