आईपीएल क्रिकेटमा मुम्बई र पञ्जाव भिड्दै

Spread the love

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जावबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि अबुधावीको शेख जायद स्टेडियममा शुरुहुने छ ।

पछिल्लो खेलमा दुवै टिम पराजित भएकाले नयाँ सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । पञ्जावले राजस्थानलाई दिएको २२४ रनको लक्ष्य जोगाउन सकेको थिएन भने मुम्बईले बेंग्लोरले दिएको २०२ रनको लक्ष्य बराबर गरेपनि सुपर ओभरमा मुम्बई पराजित भएको थियो ।

राजस्थानविरुद्ध पञ्जावका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । शेल्डन कटरेलले एकै ओभरमा ५ छक्का दिएपछि म्याच हातबाट फुत्किएको थियो । यस्तै मोहमद शामीले पनि चार ओभरमा ५३ रन खर्चिएर तीन विकेट लिएका थिए ।

लेगस्पिनर रवी विश्नोइबाहेक अरुले पछिल्लो खेलमा बलिङ राम्रो गर्न सकेका थिएनन् । यसैगरी पञ्जावले अहिलेसम्म विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई मौका दिएको छैन । तै पनि केएल राहुल र मयंक अग्रवालको शानदार प्रदर्शनका कारण ब्याटिङ लाइनअप भने राम्रो नै रहेको छ । राहुल र अग्रवाल दुवैलै एक शतक र एक अर्धशतक बनाइसकेका छन् ।

यस्तोमा मुम्बइले यदि खेल जित्ने हो भने राहुल र अग्रवाललाई सस्तैमा पभेलियन पठाउनु पर्ने छ । राजस्थानविरुद्ध यी दुई व्याट्सम्यानले पहिलो विकेटका लागि १८३ रनको साझेदारी गरेका थिए ।

मुम्बइको ब्याटिङ र बलिङ दुवै सन्तुलित मानिन्छ । कप्तान रोहित शर्मा, सूर्यकुमार यादव र इशान किशन शीर्ष क्रममा छन् भने किरोन पोलार्ड र हार्दिक पाण्ड्याले मिडिल अर्डरमा प्रदर्शन गर्छन् । मुम्बईलाई अहिले पनि स्टार बलर जसप्रीत बुमराहको फर्मको चिन्ता भने रहेको छ । बुमराहले अहिलेसम्म तीन म्याचमा तीन विकेट मात्र लिएका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *