Spread the love

काठमाडौँ।

स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो दोस्रो जित निकालेको छ । बिहीबार राति आफ्नो दोस्रो खेल खेलेको बार्सिलोनाले सेल्टा भिगोविरुद्ध ३–० गोलको जित निकालेको हो ।

सेल्टाको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन अन्सु फाती र सर्जि रोबर्टोले समान एक–एक गोल गरे । बार्सिलोनाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको ११औं मिनेटमा फिलिप्पे कौटिन्होको पासमा फातीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता बनाएका थिए ।
४२औं मिनेटमा बार्सिलोना दस खेलाडीमा सीमित बन्न पुगेको थियो । क्लिमेन्ट लेंग्लट रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको ५१औं मिनेटमा सेल्टाका लुकास ओलिजाले आत्मघती गोल गरेपछि बार्सिलोनाले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

खेलको इन्ज्युरी समयमा रोबर्टोले गरेपछि बार्सिलोनाले ३–० गोलको सहज जित निकाल्यो ।

यससँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि बार्सिलोनाले पहिलो खेलमा भिल्लारियलमाथि ४–० गोल अन्तरको जित दर्ता गरेको थियो ।

यता, पराजित सेल्टासँग भनेचार खेलमा पाँच अंक छ । पहिलो खेलमा इएबारसँग गोलरहित बराबरी खेलेको सेल्टाले दोस्रो खेलमा भ्यालेन्सियालाई २–१ गोलले हराएको थियो । तेस्रो खेलमा भने ऊ भाल्लाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *