बसभित्र १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

Spread the love

काठमाडौँ ।

भक्तपुर जिल्लामा शनिबार राति एक किशोरी माथि सामुहिक बलात्कार भएको छ ।

मिनिबसभित्र १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको हो ।

किशोरीलाई लठ्ठिने औषधी खुवाएर दुई जनाले १६ र १७ गते पटक–पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले बताए । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका–१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका–४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन् ।

उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *