shankar पोखरेल सवार गाडीमा ढुंगा प्रहार

Spread the love

काठमाडौँ। 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा हुँदै स्कटिंगसहित गरेर बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजीक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि ३   वटा स्कटिंगका  गाडी थिए ।

गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र बिष्णु पोखरेललाई पक्राउ गरेको छ । गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।

अज्ञात समूहले आक्रमण गरेर गाडीको सिसा फुटेको तर मुख्यमन्त्रीलाई केही नभएको नेकपाले  बताएको  छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *