म्यानचेस्टर युनाइटेडको पोष्टमा टोटनह्यामको आधा दर्जन गोल

Spread the love

निगरानी न्युज  ।

पछि परेको स्थितिबाट पुनरागमन गरी टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलाई उसकै मैदानमा ६–१ गोलअन्तरको लज्जास्पद हार चखाएको छ ।

लिगको पहिलो खेलमै क्रिष्टल प्यालेससँग पराजित भएयता आलोचना खेपिरहेका युनाइटेड प्रशिक्षक ओले नगर सोल्सायरलाई यस हारले दवाव बढेको छ ।

युनाइटेडले घरेलु मैदानमा दोस्रो मिनेटमा नै पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । उसका लागि बुर्नो फर्नानडेजले गोल गरे । तर युनाइटेडले धेरै बेर अग्रता जोगाइराख्न भने सकेन । चौथो मिनेटमै तानगुइ एनडोम्बेलेले गोल गरी खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि सन ह्युंग मिनले अगता दिलाए ।

२८ औं मिनेटमा मुख्य स्ट्राइकर एन्थोनी मार्सल रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको हो । त्यसयता टोटनह्यामले तनि गोल थप्यो ।

ह्यारी केनले ३० औं मिनेटमा गोल गरे । सनले ३७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्याम ४–१ ले अगाडि बढ्यो ।

दोस्रो हाफमा उसले २ गोल थप्यो । सेर्गी अरियरले ५१ औं र ह्यारी केनले पेनाल्टीमार्फत ७९ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा खेलमा छैटौं गोल गरे ।

जितपछि टोटनह्यामले ४ खेलबाट ७ अंक बनाएको छ । युनाइटेडका लागि भने यो लिगको तेस्रो खेलमा दोस्रो हार हो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *