विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५० लाख नाघ्यो

Spread the love

निगरानी न्युज ।

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ५० लाख ५८ हजार २ सय ८२ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट १० लाख ३५ हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने २ करोड ४० लाख ८ हजार १ सय ७२ जना निको भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७४ लाख १८ हजार ५ सय ९६ छ भने २ लाख ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ६५ लाख ४९ हजार ३ सय ७३ संक्रमित र १ लाख १ हजार ७ सय ८२ मृत्यु, ब्राजिलमा ४९ लाख ६ हजार ८३ संक्रमित र १ लाख १५ हजार ९ सय ८७ को मृत्यु तथा मेक्सिकोमा ७ लाख ५७ हजार ९ सय ५३ संक्रमित र ७८ हजार ८ सय ८० जनाको मृत्यु भएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *