एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार

Spread the love

निगरानी न्युज ।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लासँग ७-२ को लज्जास्पद हार व्यहोरेको हो । घरेलु मैदान भिल्ला पार्कमा पाहुना टोली लिभरपुललाई पराजित गर्न ओले वाटकिन्सले ह्याट्रिक गरेका थिए भने ज्याक ग्रिलिशले दुई गोल गरेका थिए । त्यस्तै जोन म्याकगीन र रोज बार्कलीले एक/एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल मोहमद सलाहले गरेका थिए ।

प्रिमियर लिगको इतिहासमा डिफेन्डिङ च्याम्पियन्स ७ गोल खाएर पराजित भएको यो घटना सन १९५३ पछि पहिलो पटक हो । १९५३ मा आर्सनल सन्डरल्याण्डसँग ७ गोल खाएर पराजित भएको थियो ।

चार खेल खेलेको लिभरपुलले ९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । तीन खेल खेलेको एस्टन भिल्लाले भने लगातार तीनवटै खेलमा जित निकाल्दै ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *