निगरानी न्युज ।
बार्सिलोनाले आफ्ना डिफेन्डर जिन–क्लेर टोडिबोलाई पोर्चुगिज क्लब बेन्फिका पठाएको छ । फ्रान्सेली खेलाडी टोडिबो २ सिजनका लागि बेन्फिका गएका हुन् ।
बेन्फिकाले २ मिलियन युरोमा दुई वर्षका लागि २० वर्षीय टोडिबोलाई लोनमा भित्र्याएको हो । थप २० मिलियन युरो तिर्दै स्थायी खेलाडी बनाउने शर्तमा बेन्फिकाले उनलाई भित्र्याएको हो ।
उनी २०१९ मा मात्र बार्सिलोना आएका थिए । क्याटलान क्लबबाट उनले ५ खेल मात्र खेलेका छन् ।