एक नम्बरमा प्रियंकाको संस्मरण ‘अनफिनिस्ड’

Spread the love

निगरानी न्युज।

बलिउडकी देशी गर्ल प्रियंका चोपडा अहिले पुनः चर्चामा छिन्। हालै प्रियंकाले आफ्नो पहिलो संस्मरण किताब ‘अनफिनिस्ड’ रिलिज गरेकी छन्। प्रियंकाको यो किताब पछिल्लो १२ घण्टामा अमेरिकाको बेस्ट सेलर बनेको छ। उनले आफ्नो यो सफलता फ्यानसँग सेयर गरेकी छन्। उनले ‘अनफिनिस्ड’ बारे ट्विट गरेकी छन्। उनको यो ट्विट सोसल मिडियामा भाइरल भइरहेको छ।

उनले लेखेकी छन्, ‘१२ घण्टामा अमेरिकामा नम्बर एक स्थानमा पुर्‍याइदिएकोमा सबैलाई धन्यवाद। मलाई आशा छ सबैले किताब मन पराउनु हुनेछ।’ प्रियंकाको यो ट्विटमा धेरै प्रतिक्रिया आइरहेको छ। प्रियंकाले यो किताबमा आफ्नो जीवनका सानासाना घटना पनि उल्लेख गरेकी छन्।

यसअघि उनले किताबको नामबारे एक पोस्ट गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘मैले यो संस्मरणको नाम लेख्न सुरु गर्नुभन्दा वर्षौंपहिले राखेको थिएँ। २० वर्षदेखि एक सावर्जनिक व्यक्ति भएको नाताले मसँग लामो सूची थियो। यसलाई मैले व्यक्तिगत र व्यावसायिक रूपमा हेर्नुपर्ने थियो। म ज्यादा अनफिनिस्ड छु।’

प्रियंका पछिल्ले पटक फिल्म ‘द स्काई इज पिंक’ मा देखिएकी थिइन्। उनको आगामी फिल्म ‘द ह्वाइट टाइगर’ हो यसको सुटिङका लागि उनी दिल्ली आएकी थिइन्। यसका साथै उनी ‘वी क्यान बी हिरोज’, ‘द म्याट्रक्सि–२’ मा पनि प्रियंका काम गरिरहेकी छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *