काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५१ संक्रमित थपिएका छन् । ११ हजार ४७ जनाकाे पीसीआर परीक्षण भएकाेमा एक हजार ५५१ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मंगलबार थपिएका संक्रमितमध्ये काठमाडाैं उपत्यकाका एक हजार १७ जना रहेका छन् । काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ संक्रमित थपिएका हुन् । बाँकी संक्रमित अन्य जिल्लाका छन् ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टिनमा ४ हजार २२१ जना रहेका छन् । सक्रिय संक्रमित संख्या २२ हजार ७०९ रहेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै २ हजार ३४० जना डिस्चार्ज भएका छन् । आइसीयूमा २४३ र भेन्टिलेटरमा ४० संक्रमित छन् ।