आईपीएलमा आज मुम्बई र राजस्थान भिड्दै

Spread the love

निगरनी न्युज । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

मुम्बई इन्डियन्स अहिले तालिकाको दोस्रो तथा राजस्थान पाँचौं स्थानमा छ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ । शारजाहको पिच ब्याटिङ फेभरको रहेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । राजस्थानले दुबई र अबुधावीको प्रदर्शन राम्रो गर्न सकेन भने मुम्बईले पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । आजको खेलमा मुम्बई विजयी भए शीर्ष स्थानमा पुग्ने छ ।

मुम्बई एक जना मात्रै खेलाडीमा भर पर्ने गरेको छैन । कुनै पनि खेलाडी जतिबेला पनि चल्न सक्ने क्षमतामा रहेकाले मुम्बईको यो प्लस प्वाइन्ट हो । कप्तान रोहित शर्माको उत्कृष्ट फर्म र क्विन्टन डी कक पनि फर्ममा आइसकेका छन् । यस्तै किरोन पोलार्डले राम्रो प्रदर्शन गरिरहेका छन् भने इशान किशनको खेल पनि उत्कृष्ट छ । पछिल्लो खेलमा क्रुणाल पाण्ड्याको प्रदर्शन पनि उत्कृष्ट रह्यो । बलरमा जेम्स पेटिन्सन, जसप्रित बुमराह र ट्रेन्ट बोल्टको प्रदर्शत तारिफ योग्य नै छ ।

उता राजस्थानलाई भने इंग्ल्याण्डका बेन स्टोक्सको कमी महशुस भइरहेको छ । उनी ११ अक्टोबर पछि खेल्ने बताइएको छ । यसैगरी जोस बटलर र जयदेव उनादकटको खराब प्रदर्शनका कारण पनि राजस्थान समस्यामा पर्ने गरेको छ ।

युवा खेलाडी रियान पराग पनि जम्न सकेका छैनन् । यस्तोमा आज परागलाई बाहिर राखेर यशस्वी जयसवाललाई मौका पाउन सक्छन् । टम करन र जोफ्रा आर्चरले भने राम्रो प्रदर्शन गर्दै आएका छन् । कप्तान स्टिभ स्मिले आज बरुण आरोन या कार्तिक त्यागीलाई पनि मौका दिन सक्छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *