अजय देवगनका भाइ निर्देशक अनिल देवगनको निधन

Spread the love

निगरानी न्युज ।  

भारतीय अभिनेता अजय देवगनका भाइ तथा हिन्दी फिल्मका निर्देशक अनिल देवगनको निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षीय उनको हृदयाघातका कारण सोमबार राति मृत्यु भएको हो।

अभिनेता अजय देवगनले मंगलबार फेसबुकमार्फत आफ्ना भाइ अनिलको गएराति निधन भएको जानकारी दिएका छन्।

अजयले लेखेका छन्, ‘मैले हिजो राती मेरो भाइ अनिल देवगनलाई गुमाएँ। उनको असामयिक निधनले हाम्रो परिवारलाई दुःखी बनाएको छ।’

अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटें’बाट सहायक निर्देशकका रूपमा निर्देशन थालेका अनिल देवगनले राजु चाचा, ब्ल्याकमेल र ‘हाल-ए-दिल’को निर्देशन गरेका थिए।

अनिल ‘सन अफ सरदार’का क्रियटिभ निर्देशक रहेका उनी दाइ अजयले अभिनय गरेका जान, इतिहास र ‘प्यार तो होना हि था’मा पनि सहायक निर्देशक थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *