विश्वमा संक्रमित संख्या तीन करोड ६० लाख नाघ्यो

Spread the love

निगरानी न्युज ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ६० लाखबाट उकालो लागेको छ ।

एकै दिन तीन लाख पाँच हजार १७ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ६० लाख २६ हजार चार सय पाँच पुगेको हो । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ५३ हजार नौ सय २१ जनाले ज्यान गुमाइसके । पछिल्लो २० घण्टाभित्रमा मात्रै पाँच हजार चार सय ३५ जनाको मृत्यु भयो ।

दुई करोड ७१ लाख २८ हजार एक सय २९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७८ लाख ४४ हजार तीन सय ५५ जना संक्रमित उपचाररत रहेकोमा ६७ हजार पाँच सय ९० जनाको अवस्था गम्भीर छ ।

एकै दिन ३८ हजार सात सय ४४ नयाँ बिरामी थपिएपछि अमेरिकामा संक्रमित संख्या ७७ लाख १७ हजार आठ सय ३० पुगेको छ । दुई लाख १५ हजार सात सय ७५ संक्रमितले ज्यान गुमाइसकेका छन् ।

४९ लाख २६ हजार नौ सय ८० जनाको उपचार सम्भव भएको छ । २५ लाख ७५ हजार एक सय २५ जना उपचाररत रहेकोमा १४ हजार तीन सय १४ जनाको अवस्था गम्भीर छ ।

भारतमा २४ घण्टामा ७२ हजार एक सय छ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६७ लाख ५४ हजार एक सय ७९ पुगेको छ । कोरोनाका कारण एक लाख चार हजार पाँच सय ९१ जनाले ज्यान गुमाइसके । एकै दिन नौ सय ९१ संक्रमितको मृत्यु भएको छ ।

५७ लाख ४१ हजार दुई सय ५३ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख आठ हजार तीन सय ३५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा ४९ लाख ७० हजार नौ सय ५३ जनामा कोरोना पुष्टि भइसकेको छ । एक लाख ४७ हजार पाँच सय ७१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

४३ लाख ५२ हजार आठ सय ७१ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ७० हजार पाँच सय ११ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था खराब छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *