आइपीएलमा आज चेन्नेई र कोलकाता नाइटराइडर्स विच प्रतिस्पर्धा

Spread the love

निगरानी न्युज । 

इन्डियन प्रिमियर लिग आइपीएलमा आज साविक उपविजेता चेन्नेई र कोलकाता नाइटराइडर्सविच प्रतिस्पर्धा हुन गइरहेको छ । आबुधावीमा हुने खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट खेल सुरु हुनेछ ।

जारी लिगमा पाँच खेल खेल्दा चेन्नेईले दुई जित निकालेको छ भने तीन हार ब्यहोरेको छ । जसमा उसको पाँच खेलमा चार अंक रहेको छ ।

आजको खेलमा चेन्नेईमा केहि खेलाडी परिवर्तन हुन सक्ने छ । किनकी यसअघिका लगातार दुई खेलमा टिममा केहि कमजोरी देखिएका थिए । जसका कारण त्यो बेला नै धोनीले टिमलाई सहि लाइनमा ल्याउनुपर्ने बताएका थिए ।

यता कोलकाताको पनि यो सिजनमा खाँसै राम्रो रहेको छैन । कोलकाताले अहिलेसम्म खेलको चार खेलमा दुई जित र दुई हार ब्यहोरेको छ । प्रतियोगितामा कोलाकाता चार खेलमा चार अंक हासिल गरेको छ ।

आजको खेलमा यदि धोनीले एक छक्का प्रहार गरेमा टी २० मा तीन सय छक्का पुरा गर्नेछन । यस्तै एन्र्डु रसेलले पनि दुई विकेट लिएमा टी २० मा तीन सय विकेट पुरा गर्नेछन । यसका साथै प्याट कमिन्सले एक विकेट लिएमा टी २० मा सय विकेट पुरा गर्नेछन ।

सन् २०१५ पछि यी दुई टिम पाँच पटक खेल्दा कोलकाताले तीन खेल हारेको छ भने दुई खेल जितेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *