आकस्मिक र कोभिड–१९ सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द : नेपाल चिकित्सक संघ

Spread the love

२४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम घोषणा गरेकाे  छ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेको हो।

जसअनुसार संघले बिहीबार बिहान ९ बजे देखि ११ बजे सम्म आकस्मिक तथा कोभिड १९ बाहेकका सेवा बन्द गरी धर्ना दिने घोषणा गरेको छ।

संघका शाखा कार्यालय, स्वास्थ्य संस्था वा अस्पतालहरूको प्राङ्गढमा भौतिक दूरी कायम गर्दै धर्ना दिइने विज्ञप्तिमा उल्लेख छ।

साथै अर्को सूचना जारी नभएसम्मका लागि कालोपट्टी बाँधेर चिकित्सकहरुले रिले अनसन गर्ने भएका छन्।

त्यस्तै शुक्रबार भने दिनभर नै देशैभरका आकस्मिक र कोभिड–१९ सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय संघले गरेको छ।

समयमा वार्ताटोली बनाई सत्याग्रहको अन्त्य गर्न संघले नेपाल सरकारलाई अनुरोध गरेको छ। नगरेमा भने थप कडा विरोधका कार्यक्रमहरू गर्ने चेतावनी दिएको छ।

संघले असोज १८ गते डा. केसीको जीवन रक्षाका गर्न ७२ घण्टामा वार्ता टोली गठन गरी वार्ता गर्न अनुरोध गरेको थियो। २४ दिन पुग्दा पनि सरकारले बेवास्ता गरेपछि संघ विरोधमा उत्रिएको हो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *