नेपालमा एकैदिन थप ४३ सय ६४ जनामा कोरोना पुष्टि

Spread the love

निगरानी न्युज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ। त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १८ हजार ४७३ पीसीआर परीक्षण भएसँगै ११ लाख ३१ हजार ९५८ अहिलेसम्म भएको परीक्षणको संख्या पुगेको छ।

त्यस्तै आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ। यस्तै सुनसरीमा ३९, धनुषामा ७०, काठमाडौंमा ५८, ९१ र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *