निगरानी न्युज ।
सत्तारुढ नेकपाको पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्ड”बीचको आजको भेटवार्ता सो कुराबारे सहमति भएको हो ।
प्रधानमन्त्री ओलीनिकट श्रोतका अनुसार एकीकरणको बाँकी काम यसै महिना पूरा हुने भएको हो । ‘उहाँहरुबीच आज भएको छलफलमा पार्टी एकीकरणको बाँकी काम यही महिनाभित्र सम्पन्न गर्ने सहमति बनेको छ । अब दुई अध्यक्ष र महासचिवले त्यसबारे थप तयारी गर्नु हुनेछ ।’ श्रोतले भनेको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको २८ महिनासम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुङ्गिएको छैन ।
बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका अध्यक्षद्वयले एकताको बाँकी काम यसै महिना सकाउने निधो गरेका हुन् ।