हैदरावाद आइपीएलको तेस्रो स्थानमा

Spread the love

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराईजर्स हैदरावादले किंग्स इलाभेन पञ्जावलाई  ६९ रनले हरायो ।

टसजितेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो ।

हैदरावादका लागि डेभिड वार्नर र जोनी वेरिस्टोले उत्कृष्ट शुरुवात गरेका थिए । पहिलो विकेटका लागि यो जोडीले १६० रनको साझेदारी गरेको थियो । पहिलो विकेटको रुपमका कप्तान डेभिड वार्नर व्यक्तिगत ५२ रन बनाएर आउट भए । उनले ४० बलिमा एक छक्का र पाँच चौका प्रहार गरे । यो साझेदारीलाई १५.१ औं ओभरमा रवि विश्नोईले तोडेका थिए ।

यसैगरी आक्रामक पारि खेलेको बेरिस्टोलाई पनि विश्नोईले नै सोही ओभरमा आउट गराए । उनलाई एलबीडब्ल्यू आउट गराएका हुन् । अम्पाएर आउट नदिएका बेला डिआरएसको सहायताले आउट भएका थिए । ५५ बल खेलेका बेरिस्टोले ९७ रन बनाए । उनले सात चौका र छ छक्का प्रहार गरेका थिए । मनिस पाण्डे भने व्यक्तिगत एक रन बनाएर आउट भए ।

टिमका लागि चौथो तथा व्यक्तिगत तेस्रो सफलता पनि रवि विश्नोईको नाममा रह्यो । अबदुल समद हैदरावादको स्कोर १७५ रन हुँदा पभेलियन फर्किए । प्रियम गर्ग खातनै नखोली आउट हुन पुगेका थिए । यसैगरी अभिषेक शर्मा १२ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । उनको विकेट मोहमम्द सामीले लिए । केन विलियम्सन २० रनमा नटआउट रहे । कोलकतानका रवि विश्नोईले तीन तथा अर्शदीप सिंहले २ विकेट लिए ।

जवाफमा पञ्जाब १६ ओभर ५ बलमा १३२ रनमा अल आउट भयो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *