भारतमा संक्रमित ७० लाख नजिक

Spread the love

निगरानी न्युज ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नजिक पुगेको छ ।

पछिल्लो समय विश्वमा संक्रमण दर सबैभन्दा उच्च रहेको भारतमा एकै दिन ७० हजार आठ सय १८ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६९ लाख तीन हजार आठ सय छ पुगेको हो । भारतमा हालसम्म कोरोनाका कारण एक लाख छ हजार पाँच सय ५४ जनाको ज्यान गइसकेको छ । २४ घण्टाभित्रमा एक हजार जनाको मृत्यु भयो ।

५९ लाख तीन हजार एक सय ७० संक्रमित उपचारपछि घर फर्किएका छन् । आठ लाख ९४ हजार ८२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत विश्वमा कोरोनाबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाबाट प्रभावित मुलुकमध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा हालसम्म ७८ लाख ३१ हजार तीन सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन ५४ हजार दुई सय ३४ नयाँ संक्रमित थपिए । संक्रमणका कारण दुई लाख १७ हजार छ सय ५७ जनाको ज्यान गइसकेको छ । २४ घण्टाभित्रमा आठ सय ७६ जनाको मृत्यु भयो ।

५० लाख १६ हजार एक सय ३७ संक्रमितको उपचार सफल भएको छ । २५ लाख ९७ हजार पाँच सय ५१ जना उपचाररत रहेकोमा १४ हजार पाँच सय ७८ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा हालसम्म संक्रमित संख्या ५० लाख २९ हजार पाँच सय ३९ पुगेको छ । एक लाख ४९ हजार ३४ जनाको मृत्यु भइसक्यो । एकै दिन सात सय ३० जनाले ज्यान गुमाए ।

४४ लाख १४ हजार पाँच सय ६४ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ६५ हजार नौ सय ४१ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६७ लाख ३४ हजार तीन सय ४५ पुगेको छ । एकै दिन तीन लाख ४४ हजार चार सय २४ जना नयाँ बिरामी थपिए ।

कोरोनाका कारण १० लाख ६६ हजार तीन सय ३६ जनाको ज्यान गइसकेको छ । वाल्डो मिटरका अनुसार पछिल्लो २४ घण्टाभित्रमा छ हजार तीन सय ४३ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये दुई करोड ७६ लाख २९ हजार पाँच सय ३७ जना उपचारपछि डिस्चार्ज हुँदै घर फर्किएका छन् । ८० लाख ३८ हजार चार सय ७२ जना उपचाररत रहेकोमा ६७ हजार सात सय ५९ जनाको अवस्था चिन्ताजनक छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *