दिल्ली फेरी शिर्ष स्थानमा उक्लियाे, राजस्थान ४६ रनले पराजित

Spread the love

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्र्स फेर शिर्ष स्थानमा पुगेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हरायो ।

सारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए ।

त्यसपछि अर्का ओपनर पृथ्वी शा १९ रनमा आउट भएपछि दिल्लीले ४२ रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै कप्तान श्रेयस ऐयरपनि २२ रनमा आउट हुँदा दिल्लीको स्कोर ५० रन थियो ।

त्यसपछि ७९ रन हुँदा दिल्लीले चौथो विकेट गुमायो । रिसव पन्त मात्र पाँच रनमा पेभेलियन फर्किए । दिल्लीका लागि मार्कुस स्टोनीसले ३९ रन बनाए भने सिमरोन हिटमेयरले ४५ रनको योगदान गरे ।

दिल्लीको स्कोर एक सय नौ रन हुँदा पाँचौ विकेट गएको थियो भने एक सय ४९ रनमा छैटौ र एक सय ८१ रनमा सातौ विकेट झरेको थियो ।
उसका लागि अक्सर पटेलले १७ रन बनाए भने हर्षल पटेलले १६ रनको योगदान गरे ।

जवाफमा राजस्थान १९ ओभर ४ बलमा एक सय ३८ रनमा अलआउट भयो । खराव सुरुवात गरेको राजस्थानले १५ रनमा पहिलो विकेट गुमायो भने एक सय रन बनाउँदा सात विकेट खेर फालेको थियो ।

राजस्थानका लागि जोस बट्लरले १३ रन बनाए भने स्टिभ स्मिथले २४ रनको योगदान गरे । यस्तै यसस्वी जैसवालले ३४ रनको योगदान गरे ।
उसका सञ्जु सामसन पाँच रनमा आउट भए भने महिपाल लोमोरले एक रन मात्र बनाए । एन्र्डु तेई मात्र ६ रनमा आउट भए भने जोफ्रा आर्चर दुई रनमा पेभेलियन फर्किए ।

राजस्थानको मिडिलअडरका सबै खेलाडी सस्तैमा आउट भए । जसका कारण राजस्थानको हारको मुख्य कारण बन्यो । उसका लागि राउल टेवाटियाले सर्वाधिक ३८ रन बनाए ।

जारी लिगमा दिल्लीले ६ खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच खेलमा जित निकालेको छ । राजस्थानको भने ६ खेलमा चौथो हार हो । उसको मात्र चार अंक रहेको छ । उसले अहिलेसम्म दुई खेलमा मात्र जित निकालेको छ ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *