निगरानी न्युज ।
विश्वकप छनोट खेलमा अर्जेन्टिनाले विजयी शुरुवात गरेको छ ।
दक्षिण अमेरिकीको विश्वकप छनोट अन्तर्गत आज विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
१३ औं मिनेटमा पेनाल्टी मार्फत मेस्सीले गोल गरेका थिए । जीतसँगै अर्जेन्टिनाले ३ अंक पनि जोडेको छ ।