सरकार र डा.केसी पक्षबीचको वार्ता निष्कर्षविहीन

Spread the love

काठमाडौँ ।

सरकार र आमरण अनसनमा रहेका डा. गोविन्द केसीका प्रतिनिधिहरुबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ।

डा केसीको वार्ता टोलीका सदस्यहरुले बिहीबार भएको समझदारीभन्दा पनि सरकार पक्ष पछि हटेपछि सहमति बन्न नसकेको बताएका छन।

‘हिजो जे सहमति भएको थियो। त्यसबाट समेत सरकार पछि हटेको छ। त्यसैले सहमति बन्न सकेन,’ वार्ता टोलीका सदस्य ओमप्रकाश अर्यालले भने, ‘केही समयपछि पत्रकार सम्मेलन गर्दै हामीले आफ्नो धारणा सार्वजनिक गर्ने छौं।’

सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपीनाथ मैनालीले गरेका थिए।

सरकारी टोलीको सदस्यमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका सदस्य डा. दीलिप शर्मा रहेका थिए।

डा. केसीको प्रतिनिधिमण्डको नेतृत्व डा. जीवन क्षेत्रीले गरेका थिए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा अध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल पनि वार्तामा सहभागी थिए।

बिहीबार दुई चरणमा भएको छ घण्टासम्म डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच छलफल भई मस्यौदामा सहमति भएको थियो।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै केसी २६ दिनदेखि अनसनमा रहेका छन्। यो १९औं पटकको अनसन उनले जुम्लाबाट सुरु गरेका हुन्। पछि उनी काठमाडाैं आएर निरन्तरता दिएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *