नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा कोरोना पुष्टि, १५ सय ५२ निको भए

Spread the love

निगरानी न्युज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा २ हजार ७१ थप जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ।

त्यस्तै १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

आज देशभरका प्रयोगशालमा थप १२ हजार ७२७ पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जनाकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *