डा. केसीसँगको सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग

Spread the love

निगरानी न्युज ।

नेपाली कांग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै कांग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र  खबरदारी जारी राख्न सबैमा अपील समेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्न माग गरेका हुन् ।

प्रवक्ता शर्माले काँग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गरेका छन्।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *