आईपीएलः सोमबार कोलकाता र बैंग्लोरको भिडन्त

Spread the love

निगरानी न्युज ।

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत अंकतालिकाको तेस्रो र चौथो स्थानमा रहेका कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच आज खेल हुँदैछ ।

यो खेल युएईको सारजाहमा हुनेछ । आआफ्नो पछिल्लो खेलमा अर्धशतक प्रहार गरेका दुवै टिमका कप्तान आजको खेलमा विशेष रणनीतिमा हुनेछन् । सारजाहको ब्याटिङ पीच विष्फोटक ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ ।

बैंग्लोरका कप्तान विराट कोहलीले चेन्नाईबिरुद्धको पछिल्लो खेलमा एक्लो प्रदर्शन गरी जित दिलाएका थिए । शीर्ष क्रमका ब्याट्सम्यानहरु लगातार आउट हुँदा विराटले ९० रनको पारी खेलेका थिए । आईपीएलमा सुस्त सुरुआत गरे पनि कोहलीले आफ्नो लय भेट्टाइसकेका छन् ।

बैंग्लोरको चिन्ता बलिङमा थियो । तर वासिंटन सुन्टरको स्पिन र क्रिस मोरिसको अनुभवले चेन्नाइबिरुद्ध उनीहरुलाई सजिलो भएको थियो ।

पछिल्लो खेलमा किंग्स ११ पन्जावबिरुद्धको २ रनको रोमान्चक जितमा कप्तान दिनेश कात्तिकको अर्धशतकीय योगदान महत्वपूर्ण थियो । मध्यक्रममा कात्तिकले संहालिएर खेलेका थिए ।

कोलकाताको चिन्ता भनेको वेष्ट इन्डिजका दुई खेलाडी सुनील नारिन र आन्द्रे रसेलको लय हो । उनीहरुले अहिलेसम्म लय भेट्टाउन सकिरहेका छैनन् । ओपनिङमा राम्रो प्रर्दशन गर्न नसकेपछि नारिन पुरानै अर्डरमा आउन थालेका छन् ।

पछिल्लो ६ खेलमा दुवैले ४ जित हासिल गरेका छन् । समान ८ अंक भएपछि रनरेटका आधार कोलकाता तेस्रो स्थानमा छ ।

यसअघि हिजो भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएर साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको थियो । हिजोकै अर्को खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले ने पराजित गरेको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *