निगरानी न्युज ।
विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २०२२ को कतार बिश्वकप अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डोले २०२२ को बीच बिश्वकप करियरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताए ।
खेलाडीहरूले त्यस्ता विषयहरूमा टिप्पणी गर्न धेरै हदसम्म हिचकिचाएका छन् भने धेरै विश्वस्तरिय खेलाडीहरुको यो अन्तिम विश्वकप हुने भएकाले केही बोलेका छैनन् । रोनाल्डोसँगै अर्जेन्टाइन सुपरस्टार लियोनेल मेस्सीको पनि अन्तिम प्रतियोगिता बन्न सक्छ ।
हाल ३५ वर्ष रहेका रोनाल्डो २०२२ मा ३७ वर्ष हुनेछन् । रोनाल्डोले गत महिना भएको नेसन्स लिग अन्तर्गतको खेलमा स्वीडेनसँग दुई गोल गर्दै १ सय ६६ खेलमा १ सय १ गोल गरिसकेका छन् । उनी पोर्चुगलका किर्तिमानी खेल खेल्नुका साथै एक सय गोल गर्ने प्रमुख खेलाडी हुन् ।