जनतासँग माफी माग्दै रोए किम जोङ उन

Spread the love

एजेन्सी ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्ना जनतासँग माफी मागेका छन्।

माफी माग्ने क्रममा उनी रोएको द गार्जिएनले उल्लेख गरेको छ।

कोरोना भाइरसले देशमा अप्ठेरो अवस्था सिर्जना भएको र यस्तो समयमा देशलाई विकासको गतिमा डोर्याउन नसकेकाले उनले माफी मागेको बताइएको छ।

किमले गत शनिबार सत्ताधारी वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवका क्रममा माफी मागेका थिए।

सार्वजनिक भिडियोमा किमले चस्मा पुछेर रोएको देखिएको छ। किमले विरलै माफी माग्छन्। झन् माफी मागेरै रोएपछि यतिबेला यो विषय विश्वभर चर्चाको विषय बनेको छ।

‘जनताले म प्रति आकाशभन्दा माथि र सागरभन्दा गहिरो विश्वास गरेका छन्, तर म यसमा सन्तुष्ट भएर बाँच्न असफल भएको छु’ उनले सो क्रममा भनेका थिए,‘म यसका लागि साँच्चै दुखी छु र माफी माग्न चाहन्छु।

‘जनताले म प्रति धेरै आशा गरेका छन्, भरोसा गरेका छन्। म सबै व्यक्तिको विश्वासका लागि धन्यवाद भन्न चाहन्छु तर मेरो प्रयास र ईमानदारीताले हाम्रा मानिसहरुको जीवनमा आइपर्ने कठिनाइहरूबाट मुक्त गर्न पर्याप्त छैन’ किमले भनेका थिए।

किमले आफ्ना कमजोरीको बारेमा औंल्याउँदै जनतासामु माफी मागेर रोएपछि विश्लेषकहरुले यतिबेला किम ठूलो दबाबमा रहेको अनुमान गरेका छन्।

सो कार्यक्रममा उत्तर कोरियाले अमेरिकासम्म पुगेर मार हान्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र पनि सार्वजनिक गरेका थिए। किमले उत्तर कोरियामा कोरोनाको शुन्य संक्रमण रहेको बताएका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *