सामाजिक सञ्जालमार्फत महेन्द्र सिंह धोनीकी छोरीलाई धम्की दिने एक युवक पक्राउ परेका छन् ।
गुजरात प्रहरीले आइतबार पक्राउ गरेका ती युवालाई राँची ल्याउने जनाइएको छ । राँचीमा घटना दर्ता भएकाले आरोपित युवालाई त्यहाँ ल्याउन लागिएको हो । राँचीको ग्रामिण प्रहरी नौशाद आलमले ती युवालाई ल्याउन प्रहरी गुजरातको कच्छ जिल्ला गएको छ । साथै घटनामा संलग्न अर्का व्यक्तिलाई पनि खोजि गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले धोनीकी छोरी जीवालाई धम्कि दिएको भन्दै १२ बर्षे किशोरलाई कच्छ जिल्लाको मुन्द्रा इलाकाबाट गिरफ्तार गरिएको थियो । सोधपुछका क्रममा ती किशोरले धोनीकी पत्नी साक्षीको इन्स्टाग्राम एकाउन्टमा छोरी जिबाविरुद्धको म्यासेज पोस्ट गरेको स्वीकार गरेका छन् ।