नेपालभर ३, ५५६ संक्रमित, काठमाडौं उपत्यकामा २, १२९, थप १८ काे मृत्यु

Spread the love

निगरानी न्युज ।

पछिल्लो २४ घण्टामा ३, ५५६ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा २, १२९ सहित देशभर ३, ५५६ संक्रमित थपिएका हुन् । काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार आज क्वारेन्टिनमा ४ हजार ७९५ जना रहेका छन् ।

३५ हजार ९१५ सक्रिय संक्रमितको उपचार चलिरहेको छ । आजको अपडेटसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । संक्रमितमध्ये ७८ हजार ७८० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १, ५०३ जना डिस्चार्ज भएका छन् ।  भेन्टिलेटरमा ६६ जना छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ६६३ पुगेकाे छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *