फुटबल स्टार क्रिश्चियानो रोनाल्डोमा कोरोना पुष्टि

Spread the love

फुटबल स्टार क्रिश्चियानो रोनाल्डोमा पनि कोरोना संक्रमण भएको छ।

मंगलबार संक्रमण देखिएका उनमा कुनै लक्षण भने नभएको पर्चुगिज फुटबल फेडरेसनले बताएको छ।

‘रोनाल्डोलाई कुनै लक्षण देखिएको छैन र उनी अहिले आइसोलेसनमा रहेका छन्’ सो फेडरेसनले बताएको छ।

हाल युभेन्टस क्लबसँग अनुबन्धमा रहेका ३५–वर्षे रोनाल्डोले गत आइतबार आफ्नो मुलुक पोर्चुगलको तर्फबाट फ्रान्सका विरुद्ध नेसन्स लिगमा खेलेका थिए भने गत साता स्पेनका विरुद्ध खेलेका थिए।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *