निगरानी न्युज।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । एकै दिन तीन लाख १० हजार तीन सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।
एकै दिन यतिधेरै नयाँ बिरामी थपिएपछि विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ३८ लाख ४५ हजार ५५ पुगेको छ । कोरोनाका कारण १० लाख ९० हजार एक सय ४८ जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार नौ सय ९३ जना संक्रमितले ज्यान गुमाए ।
संक्रमितमध्ये दुई करोड ८८ लाख ३४ हजार तीन सय ६४ जना उपचारपछि घर फर्किएका छन् । ८४ लाख २० हजार पाँच सय ४३ जना उपचाररत रहेकोमा ६९ हजार आठ सय १२ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ४९ हजार दुई सय ४० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ८० लाख ८७ हजार आठ सय १६ पुगेको वाल्डो मिटरले जनाएको छ । दुई लाख २० हजार आठ सय दुई संक्रमितको ज्यान गइसकेको छ । एकै दिन सात सय ८४ जनाको मृत्यु भयो ।
५२ लाख २१ हजार ५६ जना उपचारपछि घर फर्किएका छन् । २६ लाख ४५ हजार नौ सय ५८ जना उपचाररत रहेकोमा १४ हजार नौ सय ३६ जनाको अवस्था चिन्ताजनक छ ।
पछिल्लो समय संक्रमित दर उच्च रहेको भारतमा एकै दिन ६३ हजार पाँच सय १७ नयाँ संक्रमित थपिए । भारतमा हालसम्म ७२ लाख ३७ हजार ८२ जनामा संक्रमण पुष्टि भइसकेको छ । २४ घण्टाभित्रमा सात सय २३ जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या एक लाख १० हजार छ सय १७ पुगेको छ ।
संक्रमितमध्ये ६२ हजार ९८ हजार छ सय ९५ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख २७ हजार सात सय ७० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा नयाँ ११ हजार चार सय १५ बिरामी थपिएपछि संक्रमित संख्या ५१ लाख १४ हजार आठ सय २३ पुगेको छ । एक लाख ५१ हजार ६३ संक्रमितले मृत्युवरण गरिसकेका छन् ।
४५ लाख २६ हजार नौ सय ७५ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ३६ हजार सात सय ८५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।