लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश

Spread the love

निगरानी न्युज।

सर्वोच्च अदालतले बुधबार लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ। आयोगले २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो।

लोकसेवा आयोगले नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो । न्यायाधीश मनोजकुमार शर्माको इजलाशले नयाँ विज्ञापन प्रकाशन गर्ने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको हो।

यसअघि लिखित परीक्षामा सामेल भएका तीन जनाले नाम निकालेपछि उनीहरु अन्तरवार्ताका लागि छनौट भएका थिए । आयोगले उनीहरुको अन्तरवार्ताका लागि असोज ३१ गते अन्तरवार्ताका लागि समय तोकेपनि कोरोना महामारीका कारण पुनः असोज २९ गतेको म्याद तोकिएको थियो ।  यो बीचमा अन्तरवार्तामा सहभागी हुने परीक्षार्थीमध्ये एकजना रमेशराज सुवेदी कोरोना संक्रमित भए ।

सुवेदी आइसोलेसनमै बसेको बेला आयोगले अन्तरवार्ताका लागि नयाँ मिति तोकेपछि उनले सर्वोच्च अदालतमा परीक्षा रोक्नुपर्ने भन्दै निवदेन दिएका थिए । सर्वोच्चले सुवेदीको निवेदनमा सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले लिखित परीक्षा नतिजा प्रकाशन सम्मको सम्पूर्ण प्रकृया रद्द गर्ने सूचना प्रकाशित भएको  सूचना हाललाई यथास्थानमा राख्न भनेको छ ।

असोज २९ को सूचनाअनुसार परीक्षा संचालन भएमा  निवेदक सुवेदीले परीक्षामा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *