न्यूजिल्याण्डका पूर्व कप्तान जाेनकाे निधन

Spread the love

निगरानी न्युज ।

न्यूजिल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान जोन रेइडको ९२ बर्षको उमेरमा निधन भएको छ ।

सन् १९५९ मा विज्डेन बर्षको उत्कृष्ट क्रिकेटर बनेका जोनपछिल्लो पटक क्यान्सरबाट पिडित थिए । उनी न्यूजिल्याण्ड क्रिकेटको इतिहासमा सफल खेलाडीका रुपमा मानिन्छन । उनले न्यूजिल्याण्डलाई १९५६ मा अक्ल्याण्डमा भएको टेष्टमा कप्तानी गरेका थिए ।

जसमा उनको कप्तानीमा न्यूजिल्याण्डले २६ बर्षपछि पहिलो जित निकालेको थियो । त्यो बेला उनले पहिलो पारीमा ८४ रन बनाएका थिए भने एक विकेट लिएका थिए । उनले न्यूजिल्याण्डका लागि ५८ टेष्टमा कप्तानी गरेका थिए ।

उनी खेलाडी जीवनमा आक्रामक मिडिलअडर ब्याट्सम्यान रहेका थिए । यसका साथै मेडियम पेस बलर थिए । उनले न्यूजिल्याण्डका लागि सन् १९४९ मा इंग्ल्याण्डविरुद्ध म्यानचेस्टरमा डेब्यु गरेका थिए । उनले १९६५ सम्म अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए । जसमा उनले तीन हजार चार सय २८ रन बनाएका थिए । उनको उच्च स्कोर दक्षिण अफ्रिकाविरुद्ध बनाएको एक सय ४२ रनको हो ।

उनले देशकालागि ८५ विकेटपनि लिएका थिए । उनले दुई सय ४६ वटा पहिलो श्रेणीको क्रिकेट खेलेका थिए । जसमा १६ हजार एक सय २८ रन बनाएका थिए भने ४६६ विकेट लिएका थिए । उनको निधन हुनुभन्दा अगाडी उनी न्यूजिल्याण्डको सबै भन्दा बढि उमेरको जिवित क्रिकेटर थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *