२०२१ मा हुने यूराेकपमा दर्शककाे उपस्थिती गराउने याेजना

Spread the love

निगरानी न्युज ।

कोरोना भाइरसका कारण एक बर्ष सरेको यूरो कप २०२१ मा हुँदा मैदानमा दर्शकलाई उपस्थित गराउने योजना यूरोपियन फुटबल महासंघले जनाएको छ ।

यूइएफएका अध्यक्ष एलेक्सान्देर सेफेरीनले २०२१ मा हुने यूरोकपका बेला सबै मैदानमा दर्शकसहित खेल खेलाउने बताइएको छ ।

खेलका बेला मैदानमा दर्शकको संख्या कति राख्ने र कस्तो मापदण्ड अपनाइने भन्ने विषयमा छलफल भइरहेको बताएका छन । त्यो बेलासम्म कोरोनाको प्रभाव कस्तो हुन्छ भन्नेमा भरपर्ने अध्यक्ष सेफेरीनले बताए ।

अहिलेको अवस्थामा यूरोकप पहिलेको योजना अनुसार नै हुने र खेलका बेला दर्शकको उपस्थिती गराउनेमा सकारात्मक रहेको बताए । उनले मैदानको क्षमताको ३०, ५० र ७० प्रतिशतमा कति राख्न भन्ने टुंगो लाग्न बाँकी रहेको बताए ।

यूइएफले यो पटक यूरोपका १२ देशमा गर्ने योजना छ । तर कोरोनाका कारण केहि देशले आयोजना गर्नबाट नाम फिर्ता लिएको बताइएको छ । कोरोना महामारीका कारण स्थगित हुनुभन्दा अगाडी यूरोकप जुन र जुलाईमा गर्ने योजना थियो । तर अब जुन ११ बाट जुलाई ११ सम्म प्रतियोगिता हुने भएको छ ।

अध्यक्ष सेफरीनले अबको एक महिनाभित्रमा सबै कुराको अन्तिम निर्णय हुने बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *