नारायणकाजीलाई बाबुरामको चेतावनी : जस्केलाबाट छिरेकाले सत्ताको तुजुक नदेखाऊँ

Spread the love

निगरानी न्युज ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै ठुला भ्रष्टाचारकाण्डको छानबिनका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

बूढीगण्डकी आयोजनामा प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ कमिसन खाएको प्रमाण आफूसँग रहेको दाबी गरेका भट्टराईले सबै ठुला भ्रष्टाचारकाण्डको छानबिन गर्न चुनौती दिएका हुन्।

बुधबार साँझ ट्वीट गर्दै डा. भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न आग्रह गर्दै सबै उच्च पदासीनहरूको सम्पत्तिससमेत छानबिन गर्न माग गरेका छन्।

उनले छानबिनमा पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको पनि बताएका छन्।

बुधबार सत्तारुढ नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले डा. भट्टराईलाई बुढीगण्डकी प्रकरणमा ‘प्रमाण देखाउन वा माफी माग्न  दिएको चेतावनीप्रति संकेत गर्दै लेखेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ !

बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!
Baburam Bhattarai
@brb1954

Image

Image

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *