निगरानी न्युज ।

युईएफए नेशन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ । विश्व विजेता फ्रान्सले नेसन्स लिगको दोस्रो लेगमा विश्वकप उपविजेता क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सको जितमा एन्टोइन ग्रिजम्यान र केलियन एम्बाप्पेले गोल गरे । क्रोएसियाका निकोला भ्लासिकले एक गोल फर्काए ।
आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो ।
६४ औं मिनेटमा भ्लासिकले गोल गरेपछि घरेलु टोलीले खेल १–१ को बराबरीमा ल्याएको थियो ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा ७९ औं मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि निर्णायक गोल गरे ।