बिहीबार थपिए ३, ७४९ संक्रमित, थप १९ काे मृत्यु

Spread the love

निगरानी न्युज ।

पछिल्लो २४ घण्टामा ३, ७४९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३, ५६४ संक्रमित डिस्चार्ज भएका छन् भने १९ संक्रमितको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ३६ हजार ५३३  जना छन् । क्वारेन्टिनमा ४ हजार बढी छन् ।

आज १६ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *