निगरानी न्युज ।
अहिलेसम्म अलराउण्डरले खेल देखाउन असफल रहेको किंग्स इलाभेन पञ्जाव र रोयलच्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरुहुने छ । आजको खेलमा क्रिस गेल खेल्ने सम्भावना रहेको छ ।
पञ्जावले गेलको सहायतामा जितको खोजि गर्ने छ । केएल राहुलको टिम पञ्जाव र विराट कोहलीको टिम बैंग्लोरको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । पञ्जावले अहिलेसम्म खेलेका सात मध्य ६ खेलमा पराजय भोगेको छ ।
एक मात्र जित बैंग्लोरविरुद्ध निकालेको थियो । प्ले अफमा पुग्नका लागि पञ्जावलाई हरेक खेल जित्नै पर्ने दबाव रहेको छ । पञ्जावले यसअघि २४ सेप्टेम्बरमा बैंग्लोरलाई पराजित गरेको जस्तै नतिजाको अपेक्षा गरेपनि त्यति सहज भने छैन । विराटको टिम बैंग्लोरले त्यसपछि खेलमा धेरै सुधार पनि गरेको छ ।
शारजाको मैदान सानो भएकाले आज गेल खेलेमा प्रतिस्पर्धा झन रोमाञ्चक हुने छ । यो सिजनमा अहिलेसम्म बेन्चमै रहेका ४१ वर्षिय गेल आज मैदान उत्रने सम्भावना भने धेरै रहेको छ । गेल पछिल्ला २ खेलमा खेल्ने सम्भावना रहेको थियो । तर उनी फुड प्वाईजनका कारण नखेलेको भनेर पञ्जावका प्रशिक्षक अनिल कुम्बलेले बताएका थिए ।
गेललाई खेलाउँदा ग्लेन म्याक्सवेल बाहिर बस्नु पर्ने अवस्था हुन सक्छ । किन भने अहिलेसम्म म्याक्सवेलको ब्याट राम्रोसँग चल्न सकेको छैन । ब्याट्सम्यानको रुपमा कप्तान केएल राहुल र मयंक अग्रवालले राम्रो प्रदर्शन गरेपनि उनीहरुको बलिङ पार्ट भने निकै नै कमजोर रहेको छ
रोयल च्यालेन्जर्स बैंगलोर : विराट कोहली (कप्तान), एबी डीविलियर्स, पार्थिव पटेल, आरोन फिंच, जोश फिलिप, क्रिस मॉरिस, मोइन अली, मोहम्मद सिराज, शाहबाज अहमद, देवदास पडीक्कल, युजवेंद्र चहल, नवदीप सैनी, डेल स्टेन, पवन नेगी, इसुरु उदाना, शिवम दुबे, उमेश यादव, गुरकीरत सिंह मान, वाशिंगटन सुंदर, पवन देशपांडे, एडम ज़म्पा।
किंग्स इलाभेन पञ्जाब : केएल राहुल, हरप्रीत बराड़, इशान पोरेल, मनदीप सिंह, जेम्स नीशाम, तजिंदर सिंह, क्रिस जॉर्डन, करुण नायर, दीपक हुड्डा, रवि बिश्नोई, अर्शदीप सिंह, ग्लेन मैक्सवेल, मुजीब उर रहमान, सरफराज खान, शेल्डन कॉटरेल, मयंक अग्रवाल, मोहम्मद शमी, दर्शन नलकांडे, निकोलस पूरण, क्रिस गेल, मुरुगन अश्विन, जगदीश सुचित, कृष्णप्पा गौतम, हार्डस विलोजेन, सिमरन सिंह।