यूईएफए नेशन्स लिग फुटबलमा कप्तान क्रिस्टियानो रोनाल्डो विनै खेलेको पोर्चुगल विजयी भएको छ । पोर्चुगलले स्विडेनलाई ३–० ले हराएको हो ।
रोनाल्डोलाई कोरोना संक्रमण भएकाले उनी आइशोलेशनमा छन् ।
पोर्चुगलको जितमा बर्नार्डो सिल्भाले एक तथा डिएगो जोटाले दुई गोल गरे । २१ औं मिनेटमा सिल्भाले पोर्चुगललाई अग्रता दिलाए ।
यसैगरी ४४ औं मिनेटमा जोटाले पोर्चुगलको अग्रता दोब्बर बनाए ।
जोटाले नै ७२ औं मिनेटमा व्यक्तिगत तथा टिमका लागि तेस्रो गोल गरेपछि पोर्चुगलले शानदार जित निकाल्न सफल भयो ।